सार्वजनिक लेखा समितिको परिचय
लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्वारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।
संसदीय समितिले संसदका गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने हुँदा यसलाई लघु संसद (Mini Parliament) पनि भन्ने गरिन्छ । कर्णाली प्रदेश सभा नियमावलीको परिच्छेद २१ को नियम १५४ मा ४ वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । ती विषयगत समितिहरुमध्ये सार्वजनिक लेखा समिति एउटा महत्वपूर्ण समिति हो । समितिका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेको व्यक्ति समितिको सभापति हुने व्यवस्था छ । कुनै पनि निर्णय गर्नका लागि उपस्थित सदस्य सख्याको बहुमत आवश्यक पर्छ ।
सरकारलाई प्रदेशसभा प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभा नियमावलीको नियम १५४ अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् : प्रदेश लोकसेवा आयोग र प्रदेश मानव अधिकार आयोगबाहेक प्रादेशिक संवैधानिक आयोगका प्रतिवेदन, महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, बेरुजु फछ्र्यौट र आर्थिक अनुशासन ।
सार्वजनिक लेखा समितिमा रहनु भएका माननीयज्यूहरु
क्र.सं. |
माननीय सदस्यहरुको नाम |
पद |
मोवाइल नम्वर |
1. |
मा० जीतबहादुर मल्ल |
सभापति |
9848315206 |
2. |
मा० जीवनबहादुर शाही |
सदस्य |
9851042576 |
3. |
मा० तुलसा मल्ल |
सदस्य |
9847999988 |
4. |
मा० देवेन्द्रबहादुर शाही |
सदस्य |
9848302085 |
5. |
मा० लक्ष्मी सुनार |
सदस्य |
9848041625 |
6. |
मा० बिन्दमान बिष्ट |
सदस्य |
9858088066 |
7. |
मा० सन्तोषी शाही |
सदस्य |
9858077722 |
समिति सचिवालय :
प्रदेश सभा सचिवालय अन्तर्गत सार्वजनिक लेखा समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने, अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :
श्री उपेन्द्रकुमार गुरुङ - समिति सचिव
श्री सीता कँडेल
श्री लोकप्रसाद ढकाल
श्री सदामसिंह राठौर
श्री श्यामलाल रेग्मी