अर्थ तथा प्राकृतिक स्रोत समितिको परिचय
लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।
प्रदेशसभाबाट समितिमा आएका विधेयकहरुलाई परिमार्जन गरी परिस्कृत गर्नका साथै सभाका अन्य कार्यहरुलाई व्यवस्थित र प्रभावकारी रुपम सम्पादन गर्न, प्रदेशका काम कारवाहीप्रति प्रदेश सभाका सदस्यहरुलाई जागरुक, जिम्मेवार तुल्याउन र प्रदेश सरकारलाई जनताप्रति उत्तरदायी उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभा नियमावलीको नियम १५४ अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् :
- आर्थिक मामिला तथा योजना मन्त्रालय, भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, जलश्रोत तथा उर्जा विकास मन्त्रालय र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसम्बन्धी ।
अर्थ तथा प्राकृतिक स्रोत समितिमा रहनु भएका माननीयज्यूहरु
क्र.सं. |
माननीय सदस्यहरुको नाम |
पद |
मोवाइल नम्वर |
१. |
मा. कलबहादुर हमाल |
सदस्य |
9843075808 |
२. |
मा. दक्षिणा शाही |
सदस्य |
9848302606 |
३. |
मा. वीरबहादुर शाही |
सदस्य |
9858023457 |
४. |
मा. दुर्गबहादुर रावत |
सदस्य |
9858366998 |
५. |
मा. उर्मिला विश्वकर्मा |
सदस्य |
9858035510 |
६. |
मा. बलिमाया बुढा |
सदस्य |
9848164702 |
७. |
मा. हिक्मतबहादुर विष्ट |
सदस्य |
9841402234 |
समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :
प्रदेश सभा सचिवालय अन्तर्गत अर्थ तथा प्राकृतिक स्रोत समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने, अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।
समिति सचिवालय :
श्री अर्जुन भुसाल-समिति सचिव
श्री लक्ष्मी कुमारी राना
श्री सदामसिंह राठौर
श्री सन्तोष गौतम
श्री हरिबहादुर विसी