प्रदेश मामिला समितिको परिचयः
लोकतान्त्रिक शासन व्यवस्थामा राज्य शक्तिको स्रोत जनता हुने र जनतामा निहित सार्वभौमसत्ताको प्रयोग जनप्रतिनिधिहरुद्धारा गरिन्छ । संसदीय शासन प्रणालीमा संसदको भूमिकालाई प्रभावकारी बनाई नियमित तथा आकस्मिक कार्यहरुलाई निरन्तर अगाडि बढाउन संसदका सदस्यहरु मध्येबाट तोकिएका सदस्यहरु रहने गरी विभिन्न संसदीय समितिहरु गठन गरिन्छन् ।
संसदीय समितिले संसदका गतिविधिहरुलाई सरल तथा छिटोछरितो तुल्याउने एवम् सरकारलाई संसदप्रति जिम्मेवार तथा जवाफदेही बनाउने कार्यमा सहजता प्रदान गर्ने हुँदा यसलाई लघु संसद ( Mini Parliament) पनि भन्ने गरिन्छ । कर्णाली प्रदेश, प्रदेश सभा नियमावलीको परिच्छेद १९ को नियम १४५ मा ४ वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । ती विषयगत समितिहरुमध्ये विधायन समिति एउटा महत्वपूर्ण समिति हो । समितिका सदस्यहरूले आफूमध्येबाट निर्वाचित गरेको व्यक्ति समितिको अध्यक्ष हुने व्यवस्था छ । कुनै पनि निर्णय गर्नका लागि उपस्थित सदस्य सख्याको बहुमत आवश्यक पर्छ ।
सरकारलाई प्रदेश सभा प्रति उत्तरदायी र जवाफदेही बनाउनका लागि प्रदेश सरकारबाट भए गरेका काम कारवाहीको अनुगमन र मूल्यांकन गरी आवश्यक निर्देशन वा राय सल्लाह दिन प्रदेश सभा नियमावलीको नियम १54 अनुसार यस समितिको कार्यक्षेत्र अन्तर्गत देहाय बमोजिमका मन्त्रालय तथा आयोगहरु पर्दछन् :
- प्रदेश मन्त्रिपरिषद्को कार्यालय,
- आन्तरिक मामिला तथा कानून मन्त्रालय,
- प्रदेश लोक सेवा आयोग र
- सरकारका कामकाजको अनुगमन ।
प्रदेश मामिला समितिमा रहनु भएका माननीयहरु
क्र.सं. |
माननीय सदस्यहरुको नाम |
पद |
मोवाइल नम्वर |
1. |
मा० कल्यानी खड्का |
सभापति |
9841085284 |
2. |
मा० जानकी सिंह |
सदस्य |
9843698990 |
3. |
मा० टेकराज पछाई |
सदस्य |
9851070650 |
4. |
मा० दक्षिणा शाही |
सदस्य |
9848302606 |
5. |
मा० पूर्णबहादुर खत्री |
सदस्य |
9848038208 |
6. |
मा० |
सदस्य |
9800000000 |
7. |
मा० |
सदस्य |
9800000000 |
8. |
मा० सुरेश अधिकारी |
सदस्य |
9847844092 |
कर्णाली प्रदेशसभा सचिवालय अन्तर्गत प्रदेश मामिला समितिको सचिवालय रहन्छ । प्रदेश सभाको सचिव प्रत्येक समितिको पदेन सचिव हुने र अधिकृत कर्मचारीलाई समितिको सचिव भई काम गर्न तोक्न सक्ने व्यवस्था नियमावलीमा गरिएको छ ।समिति सचिवालय :
समिति सचिवालयमा कार्यरत कर्मचारीहरु :
श्री मदन खड्का - समिति सचिव
श्री कल्पना गौली
श्री भवानी रावत बिष्ट
श्री गंगाप्रसाद अधिकारी