Hon. Nanda Gurung
Hon. Nanda Gurung
सभामुख
Hon. Yasoda Neupane
Hon. Yasoda Neupane
उपसभामुख
Jeevaraj Budhathoki
Jeevaraj Budhathoki
प्रदेश सभा सचिव
About Assembly Karnali

नेपालको संविधानको धारा ५६ उपधारा (२) बमोजिम राज्यशक्तिको प्रयोग संघ, प्रदेश र स्थानीय तहले कानून बमोजिम हुने व्यवस्था रहेको र धारा १७५ बमोजिम पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यबाट प्रदेश सभाको गठन हुने प्रावधान बमोजिम नेपालको संविधानको अनुसूची ४ मा उल्लेखित १० जिल्ला (सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम पश्चिम, कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पा) का ४० जना माननीय सदस्यहरू रहने गरी कर्णाली प्रदेशसभाको गठन हुने प्रावधान छ ।

यस प्रदेश सभाको पहिलो कार्यकालको पहिलो बैठक २०७४ साल माघ २१ गते बसेको थियो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीबाट २४ ‍जना, समानुपातिक निर्वाचन प्रणालीबाट १६ जना गरी जम्मा ४० माननीय सदस्यहरू कर्णाली प्रदेशसभामा रहनु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालमा कर्णाली प्रदेशसभामा नेपाली काँग्रेसबाट १४ जना, नेकपा (माओवादी केन्द्र) बाट १३ जना, नेकपा (एमाले)बाट १० जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट १ जना, नेकपा (एकीकृत समाजवादी)बाट १ जना र स्वतन्त्रबाट १ गरी जम्मा ४० जना माननीय सदस्यहरुको प्रतिनिधित्व रहेको थियो ।

कर्णाली प्रदेश सभाको दोस्रो कार्यकालमा सभामुखमा माननीय श्री नन्दा गुरूङ्ग र उपसभामुखमा माननीय श्री यसोदा न्यौपाने हुनुहुन्छ ।

कर्णाली प्रदेश सभाको पहिलो कार्यकालमा सभामुखमा माननीय श्री राजबहादुर शाही, उपसभामुखमा माननीय श्री पुष्पा घर्ती विष्ट रहनु भएको थियो ।

प्रदेश सभाको सचिव श्री जीवराज बुढाथोकी हुनुहुन्छ ।

नेपालमा जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन र विशेष कर्णाली प्रदेश स्थापनार्थका लागि भएको आन्दोलन पछि, 2072 मा जारी भएको नेपालको संविधान बमोजिम गठन भएका ७ वटा प्रदेश मध्ये कर्णाली प्रदेश एक हो । हुम्ला, मुगु, जुम्ला, डोल्पा, कालिकोट, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान र सुर्खेत गरी १० वटा जिल्लालाई समेटेर यो प्रदेश निर्माण भएको छ । सुर्खेत राजधानी भएको यस प्रदेशको सिमाना उत्तरमा मित्र राष्ट्र चीन, पश्चिममा सुदुर पश्चिम प्रदेश, दक्षिणमा लुम्विनी प्रदेश र पूर्वमा गण्डकी प्रदेश छ ।   थप पढ्नुहोस्...